१० पुस २०८२, बिहिबार

प्रस्तावक र समर्थकसहित बागी उम्मेदवारी दिने माओवादी केन्द्रका नेता कार्यकर्ता कारबाहीमा

प्रकाशित मिति :  17 October, 2022 2:33 pm


काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनमा बागी उम्मेदवारलाई पार्टीबाट निस्कासनको निर्णय गरेको छ ।

पार्टी नीतिविपरीत गठबन्धन दलका आधिकारिक उम्मेदवारको विरुद्धमा बागी उम्मेदवार दिएका र उम्मेदवारको प्रस्तावक र समर्थकलाई सम्पूर्ण जिम्मेवारीसहित पार्टीबाट निस्कासन गरिएको कार्यालय सचिव श्रीराम ढकालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

माओवादी केन्द्रले पार्टीका एवम् गठबन्धन दलभित्रका आधिकारिक उम्मेदवारलाई विजयी गराउन पूर्ण रुपमा सक्रिय रहने प्रतिबद्धता गर्दै असोज ३१ गतेभित्र सार्वजनिक रुपमा वक्तव्य प्रकाशित गरेमा वा आफ्नो उम्मेदवारी निस्क्रिय गराएमा कारबाही फिर्ता लिइने विज्ञप्तिमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !