काभ्रेमा जेसिबी दुर्घटना हुँदा चालकको मृत्यु
प्रकाशित मिति : 17 October, 2022 2:34 pm
काठमाडौं । काभ्रेपलाञ्चोकमा जेसिबी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । रोशी गाउँपालिका–६ कुखुरे पाखामा आज जेसिबी अनियन्त्रित भएर पल्टिदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा जेसिबी चालक रामेछापको दोरम्बा गाउँपालिका–२ का २५ वर्षीय जिबराज तामाङ रहेका छन् ।
कुखुरे पाखाबाट कटुन्जे तर्फ जाँदै गरेको बा २ ख ८६ ०२ नम्बरको जेसिबी अनियन्त्रित भएर आज बिहान १० बजे सडकबाट ९५ फिट तल खोलामा खसेको थियो ।








