१० पुस २०८२, बिहिबार

प्याराग्लाइडिङ दुर्घटनामा मृत्यु भएका निशिमको अन्त्योष्टि

प्रकाशित मिति :  17 October, 2022 3:01 pm


पोखरा । पोखरामा नवौं राष्ट्रिय खेलकुद अन्र्तगत प्याराग्लाइडिङको प्रतिस्पर्धाका क्रममा दुर्घटनामा परेर निधन भएका खेलाडी निशिम थापाको आज अन्त्येष्टि गरिएको छ ।

सोमबार रामघाटमा परम्परागत तरिकाले अन्तिम दाहसंस्कार गरिएको हो । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत प्याराग्लाइडिङको क्रस कन्ट्रीको इभेन्ट्समा प्रतिस्पर्धा गरिरहेका थापाको आइतबार दुर्घटनामा परि मृत्यु भएको थियो ।

गोरखा घर भएका २६ वर्षीय थापा प्याराग्लाइडिङका क्रममा १०० मिटर माथिबाट जमिनमा खसेपछि उपचारका लागि मेट्रोसिटी अस्पताल लगिए पनि अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !