१० पुस २०८२, बिहिबार

लुम्बिनी प्रदेशमा छिट्टै प्रदेश प्रहरीको संरचना तयार हुन्छ : मुख्यमन्त्री केसी

प्रकाशित मिति :  17 October, 2022 3:14 pm


रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेशमा छिट्टै प्रदेश प्रहरी निर्माण हुने बताएका छन् ।

नेपाल प्रहरी सधै जनताको सेवामा काम गरिहरको बताउँदै लुम्बिनी प्रदेशमा प्रहरी ऐन पारित भई सकेकोले छिट्टै प्रदेश प्रहरी संरचना तयार हुने बताए ।

६७ औँ नेपाल प्रहरी दिवसको अवसरमा बुटवलमा भएको कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले संघात्मक अवस्थामा नेपाल प्रहरी र प्रदेश प्रहरीको संगठन निर्माण गरी संघ र प्रदेशलाई शान्ति अमनचयन कायम गरिने उल्लेख गरे ।

ऐन पारित भएकाले पनि अब सरकारले कार्यरुप प्रदान गर्ने उल्लेख गरे । लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्री तिलक राम शर्माकाले नेपाल प्रहरीले सधै जनताको सेवामा लाग्न अपिल गर्दै नेपाल प्रहरी जनताको साहराको रुपमा हुनु पर्ने बताए ।

उनले लुम्बिनी प्रदेशमा प्रहरी ऐन आई सकेकोले गर्दा त्यसलाई कार्य रुपपमा दिनका लागि सरकार लागि परेको बताए ।



प्रतिक्रिया दिनुहोस !