६७औं प्रहरी दिवस : प्रहरी निरीक्षक सञ्जय बुचा पुरस्कृत
प्रकाशित मिति : 18 October, 2022 12:12 pm
काठमाडौं । नेपाल प्रहरी प्रदेश कार्यालय,धरानमा कार्यरत प्रहरी निरीक्षक सञ्जय बुचा उत्कृष्ट कार्य गरेवापत पुरस्कृत भएका छन् ।
६७ औं प्रहरी दिवसको अवसरमा बुटवल घर भएका प्रहरी निरीक्षक बुचा प्रदेश-१ काे उत्कृष्ट प्रहरीकाे रूपमा पुरस्कृत भएका हुन् । प्रहरी निरीक्षक बुचालाई प्रहरी बरिष्ठ उपरीक्षक जयराज सापकोटाले नगदसहित पुरस्कृत गरेका हुन् ।








