एमाले अध्यक्ष ओलीद्वारा ‘लाइभ डिबेट’ का लागि प्रधानमन्त्री देउवालाई चुनौती
प्रकाशित मिति : 18 October, 2022 2:27 pm
काठमाडौं । नेकपा एमालका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रत्यक्ष बहसका लागि चुनौति दिएका छन् ।
सामाजिक सञ्जालमा रहेका धेरै साथिहरूले ‘लाइभ डिबेट’ मा आउन आग्रह गरेको भन्दै आफू तयार रहेको बताएका छन् । उनले धेरैजासोले आफू र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच एजेण्डा आधारित बहसका लागि सुझाव दिएको भन्दै आफू तयारै रहेको बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्,“ निर्वाचनको समयमा पश्चिमा देशहरूमा यस्तो डिबेट हुने गरेको छ । मत त त्यसका लागि तयार छु, देउवा जि नी ?








