नेकपाकाे महासचिवमा विप्लव पुन: चयन
प्रकाशित मिति : 19 October, 2022 10:22 am
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेपाल कम्युनिष्ट पार्टीको महासचिवमा पुन : चयन भएका छन् ।
नेकपाको नवौं महाधिवेशन बाट विप्लव सर्वसम्मत पुनः महासचिवमा चयन भएका हुन् । महाधिवेशनले ८१ जना पूर्ण केन्द्रीय सदस्य र ४५ जना वैकल्पिक केन्द्रीय सदस्यसहित १२६ जनाको केन्द्रीय समिति चयन गरेको छ ।
पूर्ण केन्द्रीय समितिमा ७८ जना अहिले चयन भएका छन् भने ३ जना पछि थपिने नेकपाले जनाएको छ । यस्तै ४५ जना वैकल्पिक केन्द्रीय सदस्यहरू मध्ये ३ जना पछि थपिने छन् ।
महाधिवेशनबाट १३९ सदस्सीय केन्द्रीय प्रतिनिधि चयन गरिएको छ । १३२ जनामा ७ जना पछि थपिने छन् । नेकपाले केन्द्रीय समिति भन्दा एक तल्लो समिति रहने गरी नयाँ संरचना निर्माण गरेको हो । असोज २५ गते उद्घाटन भएको महाधिवेशन आज सकिएको छ ।








