क्रिकेटर सन्दिपमाथि थप अनुसन्धानको लागि ४ दिन म्याद थपियो
प्रकाशित मिति : 19 October, 2022 12:54 pm
काठमाडौं । नाबालिका बलत्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई थप हिरासतमा राखिने भएको छ । बुधबार जिल्ला अदालतले अनुसन्धानको लागि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।
प्रहरीले अनुसन्धानको लागि थप ७ दिनको समय माग गरे पनि जिल्ला अदालत काठमाडौंका न्यायाधीश नारायणप्रसाद दाहालले लामिछानेलाई थप चार दिन हिरासतमा राख्न म्याद दिएका हुन् ।
सन्दीपका कानुन व्यवसायी अधिवक्ता सरोजकृष्ण घिमिरेले प्रहरीको सो मागमा अब्जेक्सन जनाएका थिए ।
१७ वर्षीया किशोरीले आफूलाई सन्दीपले बलात्कार गरेको भन्दै भदौ २१ मा प्रहरी वृत गौशालामा जाहेरी दिएकी थिइन् ।
बालिग बलात्कारको आरोपमा २२ वर्षीय क्रिकेटर लामिछानेलाई असोज २० मा कतारको दोहा हुँदै नेपाल फर्केपछि प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।








