२८ लाख रुपैयाँ घुस सहित रामेछाप खानेपानी कार्यालयका इन्जिनियर पक्राउ
प्रकाशित मिति : 19 October, 2022 3:06 pm
काठमाडौं । रामेछापस्थित खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका इन्जिनियर २८ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार एक सूचना सार्वजनिक गर्दै २८ लाख रुपैयाँ घुससहित इन्जिनियर नवराज सत्याल र प्लम्बर बखतबहादुर थापालाई पक्राउ जानकारी दिएको छ ।
आयोगको मूख्य कार्यालय टंगाल काठमाडौंबाट गएको टोलीले उनीहरुबाट १६ लाख रुपैयाँ नगद र १२ लाख रुपैयाँको चेक गरी २८ लाख रुपैयाँ बरामद गरिएको अख्तियार स्रोतले जानकारी दिएको छ ।
रामेछापको इन्छिनगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको कामको भुक्तानीवापत उनीहरुले रकम लिएको खुलेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
अख्तियारको टोलीले इन्जिनियर सत्याल र प्लम्बर थापालाई मन्थली नगरपालिका–१ स्थित खानेपानी कार्यालयको निवासबाट पक्राउ गरेको हो ।








