१० पुस २०८२, बिहिबार

त्रिभुवन विश्वविद्यालय र नेविसंघबीच ८ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

प्रकाशित मिति :  19 October, 2022 3:46 pm


काठमाडौं । त्रिभुवन विश्वविद्यालय र आन्दोलनरत नेपाल विद्यार्थी संघबीच ८ बुँदे सहमति भएको छ । सहमतिसँगै तालाबन्दी लगायत आन्दोलनका कार्यक्रम फिर्ता भएको छ ।

त्रिविको वार्ता समिति र नेपाल विद्यार्थी संघका प्रतिनिधिहरूबीच भएको वार्तामा व्यवस्थापन संकाय अन्तर्गत बीबीए तर्फका असार २२ र २५ गते सञ्चालन भएको परीक्षाका प्रश्नपत्रहरूमा देखिएको समस्याका सम्बन्धमा अध्ययन छानविन समिति गठन गर्ने सहमति भएको छ । त्यस्तै मानविकी संकायको परीक्षा सम्बन्धमा गठित समितिका संयोजक प्रा.डा. घनश्याम भट्टराईको प्रतिवेदनबाट दोषि देखिएका व्यक्ति उपर कारबाही गर्ने सहमति भएको छ ।

त्रिभुवन विश्वविद्यालयका विभिन्न संकायका तथा संस्थानहरूको परीक्षा प्रणालीमा त्रुटीहरू देखिएकाले सम्पूर्ण पक्षहरूलाई अध्ययन गरी डिन कार्यालयहरू र परीक्षा नियन्त्रण कार्यालयले ३ महिनाभित्र कार्याविधिहरू तयार गरी कार्यान्वयनमा ल्याउने समेत सहमति भएको छ ।

सहमति अनुसार नेविसंघद्वारा विश्वविद्यालयमा भएको तालाबन्दी लगायत आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू आजैदेखि फिर्ता भएको छ ।



प्रतिक्रिया दिनुहोस !