बझाङमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु
प्रकाशित मिति : 19 October, 2022 5:40 pm
बझाङ । बझाङमा जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्लाको मष्टा गाउँपालिका–४ को चिउरीमा बुधबार दिउँसो डुङ्ग्रीबाट मष्टातर्फ गइरहेको जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जीप भीरमा खसेकाे हुनाले उद्दार गर्न कठिनाई भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा जीप टुक्राटुक्रा भएका कारण नम्बर प्लेट समेत नभेटिएको र अहिले घाइतेहरुको उद्दार गर्ने क्रम जारी रहेको प्रहरीले जनाएकाे छ । घटनाको थप विवरण आउन बाँकी छ ।








