२७ बैशाख २०८३, आइतबार

तत्कालीन महेन्द्रनगर विकास समितिको स्वामित्वमा रहेको जग्गामा अनियमिता,२८ जना विरुद्ध मुद्दा दायर

प्रकाशित मिति :  19 October, 2022 6:13 pm


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन महेन्द्र नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा गैरकानुनी किसिमले लिज तथा बिक्री गरेको आरोपमा २८ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

तत्कालीन नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा व्यक्तिको नाममा हक हस्तान्तरण गर्दा अध्यक्षहरूको एकल तोक आदेशमा कानुन विपरित जग्गा उपलब्ध गराइएको अख्तियारले जनाएको छ ।

कानुन अनुसार बोर्डको निर्णय नै नभएको र निर्णयमा उल्लेख नै नभएको व्यक्तिलाई समेत जग्गा उपलब्ध गराएको देखिएको भन्दै उक्त कार्यमा संलग्न तत्कालीन महेन्द्रनगर विकास समितिका अध्यक्षहरू, समितिमा कार्यरत कर्मचारीहरू, मापलपोत तथा नापी कार्यालयका कर्मचारीसहित २८ जना विरुद्ध उजुरी दायर भएको छ ।

मुद्दा दायर भएका व्यक्तिहरू :



प्रतिक्रिया दिनुहोस !