२ पुस २०८२, बुधबार

यी चार प्रदेशमा हल्का वर्षा हुने

प्रकाशित मिति :  20 October, 2022 7:17 am


काठमाडौं । मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार देशका पश्चिमी भू-भागमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक\दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

त्यस्तै राति देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक\दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !