८ पुस २०८२, मंगलबार

ग्रहणमा कुन राशिलाई शुभ कुन राशिलाई अशुभ

प्रकाशित मिति :  20 October, 2022 7:39 am


काठमाडौं । कार्तिक ८ गते औंशीको दिन खण्डग्रास सूर्य ग्रहण लाग्दैछ । सूर्य ग्रहण दिउँसो ४ः५२ देखि साँझ ५ः२४ बजेसम्म ३२ मिनेटसम्म लाग्ने छ । ग्रहण दिउँसो ४ः५२ देखि लाग्ने भए पनि रातिको ४ः५२ बजेदेखि बाल, वृद्ध र आतुरलाई बाहेक भोजन निषेध गरिएको छ । सूर्य ग्रहण लाग्नु भन्दा १२ घण्टा अगाडीदेखि सुतक लाग्ने भएकोले राती ४ः५२ देखि भोजन निषेध गरिएको हो ।

ग्रहण समयमा पूजा गर्नु हुँदैन भने मन्दिरमा पनि ग्रहणको समयमा पूजा पाठ बन्द गर्नु पर्छ । ग्रहणको बेला जप, हवन, देवपूजन तर्पण आदि गर्नाले मनोवाञ्छित फल पाइने बताइएको छ । यो समयमा मन्त्र भने जप गर्न सकिने शास्त्रमा उल्लेख छ ।

ग्रहणको समयमा चक्कु, कैंची, सियो धागोको काम गर्न नहुने, फूल टिप्न, कपाल काट्न, नुहाउन, कपडा धुन, ब्रस गर्न, दूध दुहुन र सुत्न नहुने मान्यता रहँदै आएको छ । ग्रहणको बेला हानिकारक प्रकाशले असर गर्ने भएकोले बेला घरभित्रै बसेको राम्रो मानिन्छ ।

सूर्य ग्रहण तुला राशिमा लाग्दैछ । जसले गर्दा स्वाती नक्षत्र र तुला राशिका व्यक्तिहरूलाई अति कष्ट हुनेछ । ग्रहणसँगै राशि अनुसार शुभ र अशुभ फल प्राप्त हुने ।

यस सूर्य ग्रहणमा ४ राशिलाई भने शुभ रहने छ । तुला राशि सहित अन्य ८ राशिलाई अशुभ रहेको छ । कार्तिक ८ गतेको सूर्य ग्रहणमा वृष, सिंह, धनु र मकर हुनेहरूले शुभ फल प्राप्त गर्ने छन् । मेष, मिथुन, कर्कट, कन्या, तुला, वृश्चिक, कुम्भ र मीन राशिहुनेहरुले अशुभ फल प्राप्त गर्नेछन् ।



प्रतिक्रिया दिनुहोस !