अर्घाखाँचीमा लेनदेन विवादपछि भाइको हत्या आरोपमा एक पक्राउ
अर्घाखाँची । अर्घाखाँचीमा बुधबार भीरबाट लडेर मृत भेटिएका पुरुषको हत्या भएको खुलेको छ ।
भूमिकास्थान नगरपालिका वडा नम्बर-१ खला धारा भीरबाट लडेर साम्नेगाउँका ७० वर्षीय बीरबहादुर गमालको मृत्यु भएको थियो । प्रहरीका अनुसार ७४ वर्षीय दाजु हिमबहादुर गमालसँग बैंकबाट वृद्ध भत्ता बुझेर फर्किदा बीरबहादुर भीरबाट खसेका थिए ।
अनुसन्धानका क्रममा बुधबार घर फर्किँदै गर्दा बेलुकी ७ बजे तिर पैसाको लेनदेमा विवाद हुँदा दाजु र भाइबिच विवाद हुँदा धकेला धकेल भएको र बीरबहादुर भीरबाट खसेको प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक अर्जुन पौडेलले हिमबहादुर गमाललाई पक्राउ गरी अनुसन्धान गरिरहेको जानकारी दिए । उनलाई जिल्ला अदालत अर्घाखाँचीबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको पौडेलको भनाइ छ ।
उनीहरूले भूमिकास्थान नगरपालिका वडा नम्बर ४ धारापानीमा रहेको शाईन रेशुङ्गा बैंकबाट वृद्ध भत्ता बुझेका थिए ।








