१९ मंसिर २०८२, शुक्रबार

एमालेको गरुगाढा सिद्धान्तले गठबन्धन बन्यो : प्रचण्ड

प्रकाशित मिति :  21 October, 2022 3:48 pm


काठमाडौ. । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा हुँदा गोरुगाढा शिद्धान्त अपनाउँदा गठबन्धन बनेको बताएका छन् । शुक्रबार पोखरामा पाँच दलिय गठबन्धनको संयुक्त कार्यकर्ता प्रशिक्षणमा बोल्दै उनले एमालेले संविधान विपरित, संघीय लोकतान्त्रिक व्यवस्थालाई नै धरापमा पार्न लागेपछि गठबन्धन बनेको बताए ।

‘एमाले भित्र जनआन्दोलन ताका गोरुगाढा शिद्धान्त बताउँथे पछि सुध्रे हेलान भनेको नेकपा हुँदा पनि फेरी गोरु गाढा शिद्धान्त अपनाउन लागेपछि गठबन्धन बनेको बताए ।

उनले भने, ‘यो गठबन्धन निर्वाचनमा जान मात्र हैन । आर्थिक विकास र समृद्धका लागि आजको आवश्यकता र प्रतिगमनलाई परास्त गर्न बनेको हुनाले गठबन्धनका साझा उम्मेदवारलाई हात नकमाइ मतदान गर्न र प्रचारप्रचारमा सरिक हुनुहोस् ।’

ठूलो संघर्षपछि ल्याएको परिवर्तन उल्ट्याउन र राष्ट्रिय एकता खण्डित गर्न एमाले नेतृत्वको गठबन्धन बनेको र त्यसले देशलाई घातकरूपमा पछि धकेल्न उद्धत रहेको प्रचण्डले आरोप लगाए ।

नयाँ आर्थिक विकासको युगतर्फ लैजान पनि गठबन्धनको विजयी आवश्यक छ प्रचण्डले भने ‘यहाँ कतिपयले एउटा चिन्ह बाहेक अरु तिर भोट हाल्न हात कमाएको पाइयो । यसो कदापी होइन् । माओवादीले शन्ति सम्झौतामा हस्ताक्षर गर्नु नै कांग्रेसको पक्षमा भोट हालेको हो । जति बेला देशमा विषम परिस्थिति हुन्छ । हामीसँगै हिँड्नुपर्छ । एकले अर्को पार्टीलाई भोट हाल्न नहिँचकिचाइ भोट हाल्नुस् ।’



प्रतिक्रिया दिनुहोस !