कांग्रेसका उपसभापति धनराज गुरुङ चढेकाे गाडी दुर्घटना
प्रकाशित मिति : 21 October, 2022 5:26 pm
स्याङ्जा । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ सवार गाडी दुर्घटनामा परेको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ५ इम्सिलको कार्यक्रमबाट फर्कने क्रममा गल्याङ बटुवामा आफूहरू चढेको गाडी दुर्घटनामा परेको गुरूङले बताए।
उपसभापति गुरूङ सवार बा १६ च ५४४९ नम्बरको स्कार्पियो गाडी गल्याङ नगरपालिकाको बटुवामा सडक किनारबाट अगाडिको पाँग्रा नालीमा झरेको हो ।
गाडीमा सवार सबै जना सकुशल रहेको गुरुङले जानकारी दिएका छन् ।मंसिर ४ मा हुने चुनावका लागि धनराज स्याङ्जा क्षेत्र नम्बर २ मा उम्मेदवार छन्।








