१० पुस २०८२, बिहिबार

अन्तराष्ट्रिय रोल्पाली सेवा समाजको अध्यक्षमा वली र महासचिवमा डाँगी

प्रकाशित मिति :  22 October, 2022 8:04 pm


रोल्पा । अन्तराष्ट्रिय रोल्पाली सेवा समाजको अध्यक्षमा डिलाराम वली निर्वाचित भएका छन् ।

रोल्पामा आज भएको दोस्रो केन्द्रीय अधिवेशनले वलीको अध्यक्षतामा ३८ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समाजको बरिष्ठ उपाध्यक्षमा कमल बाठामगर, उपाध्यक्षमा नरेन्द्र जीसी,गोपाल डाँगी,लालकुमार रोकामगर चयन भएका छन् ।

यस्तै महासचिवमा शेरबहादुर डाँगी चयन भएका छन् । सचिवमा रोशन गिरी,रमेश बुढामगर, रिकमान खड्का,पवन रसाइली र कोषाध्यक्षमा निशान वली चयन भएका छन् ।

समाजको प्रवक्तामा वकिलबहादुर पुनमगर चयन भएका छन् । अधिवेशनबाट सबै पदाधिकारी तथा सदस्य निर्विरोध निर्वाचित भएका छन् ।



प्रतिक्रिया दिनुहोस !