१२ पुस २०८२, शनिबार

उद्यममा आकर्षित गर्न राज्यले उद्यम मैत्री वातावरण निर्माण गर्नुपर्छ : सभापति पुन

प्रकाशित मिति :  22 October, 2022 8:14 pm


काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले युवाहरूलाई उद्दममा आकर्षित गर्न राज्यले उद्यम मैत्री वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।

अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजको दोस्रो केन्द्रीय अधिवेशनलाई लिबाङमा सम्बोधन गर्दै सभापति पुनले नेपाली युवाहरूलाई नेपालमै स्वरोजगार बनाउन आवश्यक रहेको बताए ।

युवाहरू राष्ट्र निर्माणका साझेदार र महत्वपूर्ण सम्वाहक भएकाले युवाहरूको सहभागीता र नेतृत्वले मात्र समृद्ध नेपालको आधारशिला खडा हुन सक्ने सभापति पुनको भनाइ थियो ।

पुन आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनाव अन्तर्गत रोल्पा प्रदेश सभा (ख) का उम्मेदवार समेत हुन् ।



प्रतिक्रिया दिनुहोस !