क्रिकेटर सन्दिप लामिछानेमाथि अनुसन्धान गर्न २ दिनको समय थप
प्रकाशित मिति : 23 October, 2022 12:54 pm
काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दिप लामिछानेमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई थप २ दिनको समय दिएको छ ।
हिरासतमा रहेका लामिछानेलाई अनुसन्धान गर्न अघिल्लोपटक थपिएको चार दिनको म्याद सकिएपछि आज फेरि अदालतले समय थपेको हो ।
यसअघि जिल्ला अदालत काठमाडौंले असोज २४ गते २० गतेबाट गणना हुने गरी ७ दिनको म्याद दिएको थियो भने असोज ७ गते दोस्रो पटक पुनः ७ दिन म्याद थप गरेको थियो । कात्तिक २ गते पनि प्रहरीले थप चार दिनको समय अदालतले प्रहरीलाई दिएको थियो ।
गत भदौ २१ मा एक नाबालिगले लामिछानेविरुद्ध जबर्जस्ती करणीको आरोपमा प्रहरी वृत्त गौशालामा उजुरी दिएकी थिइन् । क्रिकेट खेल्न बिदेशमा रहेका लामिछाने २० असोजमा काठमाडौं फर्किएपछि पक्राउ परेका थिए ।








