१० पुस २०८२, बिहिबार

रुपन्देहीमा क्रियाशील पत्रकार टेक मास्की रानाको निधन

प्रकाशित मिति :  26 October, 2022 8:42 am


रुपन्देही । रुपन्देहीका पत्रकार टेक मास्की रानाको निधन भएको छ ।

बुटवलबाट पत्रकारिता गर्दै आएका रानाको आज बिहान निधन भएको हो । लामो समयदेखि बिरामी भएका रानाको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा निधन भएको हो ।

डेंगु संक्रमणसँगै मिर्गौला र जण्डिसकोका बिरामी पत्रकार रानाको उपचारका लागि पत्रकार महासंघले समेत सहयोग गरिरहेका थियो । स्याङ्जा स्थायी घर भएका राना २ दशकभन्दा लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील थिए ।

मास्के नेपाल पत्रकार महासंघ,रुपन्देहीका पूर्व कार्यसमिति सदस्य,लुम्बिनी प्रदेश कमिटि सदस्य तथा रेडियो जागरण बुटवलको समाचार प्रमुख रहेका थिए ।



प्रतिक्रिया दिनुहोस !