१० पुस २०८२, बिहिबार

रोल्पामा भीरबाट लडेर एक जनाको मृत्यु

प्रकाशित मिति :  26 October, 2022 3:09 pm


सांकेतिक तस्विर

रोल्पा । रोल्पामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

गंगादेव गाउँपालिका–५ झाँक्रीसल्लाको भीरबाट लडेर वडा नंं ७ आराखोलाका २२ वर्षका अम्मर विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

मामाघर हिँडेका विक भीरबाट लडेको देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । हिजो बेलुकी साढे ६ बजेतिर भीरबाट खसेका बिकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाको भनाई छ ।



प्रतिक्रिया दिनुहोस !