१० पुस २०८२, बिहिबार

रोल्पामा भएको जीप दुर्घटनामा ३ जनाको मृत्यु,१२ जना घाइते

प्रकाशित मिति :  26 October, 2022 5:35 pm


उमा के.सी
रोल्पा । रोल्पामा जीप दुर्घटना हुदा ३ जनाको मृत्यु भएको छ ।

रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नम्बर–४ सेवा केन्द्र नजिकै जुगेखोलामा भएको जीप दुर्घटनामा परि एकै घरका दाजुभाइ सहित ३ जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका निवासी वर्ष ५८ का विष्णुप्रसाद रिजाल,सोही ठाउँ निवासी वर्ष ६० का नारायण प्रसाद रिजाल र दाङ राप्ती गाउपालिकाका वडा नं १ भालुबाङ निवासी वर्ष ५० की फाम्सी के सी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । नरायण प्रसाद रिजालले लामो समयदेखि सुलीचौरमा मेडिकल सञ्चालन गर्दै आएका थिए ।

राेल्पामै साविककाे जैमाकसला गाविसमा ४ वर्ष सचिव भएर काम गरेका उनले पछि पूर्वी राेल्पाकाे मुख्य बजार सुलीचाैरमा मेडिकल सुरू गरेका थिए ।

रोल्पाको सुलिचौरवाट गजुल तर्फ जाँदै गरेको लु १ ज ३२३४ नम्वरको जीप दुर्घटनाग्रस्त भएको थियो । जीप सडकवाट करिब १ सय मिटर तल खसेको थियो । जीपमा सवार १५जना रहको प्रहरीले बताएको छ ।

१२ जना घाइते भएका छन् भने ७ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुलाई प्राथमिक उपचार पछि थप उपचारको लागी मेडिकल कलेज कोहलपुरमा रेफर गरिएको इलाका प्रहरी कार्यालय सुलिचौरका इन्चार्ज ओम प्रकाश वाग्लेले जनकारी दिए । गाडीको अचानक ब्रेकले काम नगर्दा दुर्घटना भएको प्रहरीले बताएको छ ।



प्रतिक्रिया दिनुहोस !