२० बैशाख २०८१, बिहिबार

कोरोना विरुद्ध लड्न रुसी विमान अमेरिकातर्फ

प्रकाशित मिति :  1 April, 2020 5:01 pm


काठमाडौं, १९ चैत ।

रसियाको सैनिकको एक विमान अमेरिका पठाइएको छ । कार्गो विमान अमेरिकासँग लड्न नभइ कोरोनासँगको लडाइमा अमेरिकालाई सघाउन उडेको हो ।

विश्वभर फैलिएको कोरोना (कोभिड १९) को नयाँ इपिसेन्टरको रुपमा विकास हुदै गरेको अमेरिकालाइ कोरोनाभाइरस विरूद्धको लडाइँमा सघाउन आवश्यक सामग्री लोड गरेर साेमबार रुसबाट अमेरिका पठाइएको हो । समस्या बढ्दै जाँदा रुसी राष्ट्रपति भ्लादमीर पुटीन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भएको कुराकानी र सहमति अनुसार सामग्री पठाइएको रुसको रक्षामन्त्रालयले जनाएको छ ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा कोभिड १९ को रोकथाम तथा उपचारमा प्रयोग हुने माक्ससमेतका चिकित्सा सामग्री लिएर विमान अमेरिकातर्फ गएको हो । करिव ८ हजार किलोमिटर टाढा अमेरिका लागि पठाएको विमानको भिडियो समेत सार्वजनिक गरेको छ ।

अमेरिकाकाे बुहानबाट फैलिएकाे काेभिड १९ काे सबैभन्दा बढी संक्रमण अमेरिकामा देखिएकाे छ । पछिल्लाे तथ्यांक अनुसार अमेरिकामा एक लाख ८९ हजार ६३३ संक्रमित छन् भने दाेस्राेमा इटलीमा एक लाख ५ हजार ७९२ र तेस्राेमा एक लाख २ हजार १३६ स्पेनमा रहेका छन् । चीनमा ८२ हजार ३०८ र जर्मनमा ७२ हजार ३८३ संक्रमित पुगेकाे तथ्यांक छ ।



प्रतिक्रिया दिनुहोस !