१० पुस २०८२, बिहिबार

टीकाको दिन आज बिहानैदेखि मौसम सफा,केही प्रदेशमा भने हल्का वर्षाको सम्भावना

प्रकाशित मिति :  27 October, 2022 8:26 am


काठमाडौं । टीकाको दिन आज बिहानैदेखि देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यता सफा रहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति देशको पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !