७ बैशाख २०८१, शुक्रबार

तिहारभरि देशका ६९ स्थानमा आगलागी

प्रकाशित मिति :  28 October, 2022 1:16 pm


काठमाडौं । तिहारका पाँच दिनमा दियो, मैनबत्ती बालेर सावधानी नअपनाउँदा तथा विद्युत सर्ट हुँदा देशभरि ६९ स्थानमा आगलागीको घटना भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । ती आगलागीमा परी ११ जना घाइते भएको र ५ करोड २२ लाख रुपैयाँभन्दा अधिकको क्षति भएको प्राधिकरणको विवरणमा उल्लेख छ ।

प्राधिकरणका अनुसार सर्वाधिक आगलागीको घटना कात्तिक ८ गते भएका थिए । गाई तिहारको दिन काठमाडौं, नवलपरासी पूर्व, बर्दिया, कपिलवस्तु, कञ्चनपुर, मोरङ, संखुवासभा, सुनसरी, सिरहा, सप्तरी, बारासहितका जिल्लाहरूका ३० स्थानमा आगलागी भएका थिए ।
कात्तिक ६ गते ९ स्थानमा, ७ गते ११ स्थानमा, ८ गते ३० स्थानमा, ९ गते १६ स्थानमा, १० गते १३ स्थानमा आगलागी भएको प्राधिकरणले उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस !