१० पुस २०८२, बिहिबार

बुलिङटार बस दुर्घटनामा मृत्यु हुने सबैको सनाखत

प्रकाशित मिति :  30 October, 2022 11:50 am


काटमाडौं । पूर्वीनवलपरासीको बुलिङटारमा बस दुर्घटनामा परि मृत्यु भएका पाँचै जनाको सनाखत भएको छ ।

पाल्पाबाट मनकामना दर्शनको लागि जादै गरेका दर्शनार्थी चढेको ना ६ ख ७५८० बस आइतबार विहान दुर्घटनाग्रस्त हुँदा ५ जनाको मृत्यु भएको थियो भने २५ जना घाइते भएका थिए ।

उक्त दुर्घटनामा मृत्यु हुनेमा रम्भा गाउँपालिका(१ का ४१ वर्षीय तारा विक, १७ वर्षीय विनय विक, ६२ वर्षीया धनी विक, ५८ वर्षीया देवी गाहा र स्याङ्जाको गल्याङ नगरपालिका(९ बेलचौरकी वर्ष ४५ की फूलमाया माझी रहेको इलाका प्रहरी कार्यालय बुलिङटारले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !