माओवादी केन्द्रले भोलि घोषणापत्र सार्वजनिक गर्ने
प्रकाशित मिति : 30 October, 2022 4:46 pm
काठमाडौं । नेकपा माओवादी केन्द्रले सोमबार (भोलि) घोषणापत्र सार्वजनिक गर्ने भएको छ।
मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि तयार पारिएको घोषणापत्र सार्वजनिक गर्न लागिएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।
उनका अनुसार भोलि दिउँसो ३ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा घोषणापत्र सार्वजनिक गरिने कार्यक्रम रहेको छ ।
सत्ता गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले शनिबार घोषणापत्र सार्वजनिक गरिसकेको छ ।








