१९ मंसिर २०८२, शुक्रबार

माओवादीको प्रतिबद्धतापत्र : विद्युतीय सवारी साधनलाई प्रवर्धन गर्न अनुदान र सहुलियत दिने

प्रकाशित मिति :  1 November, 2022 12:09 pm


काठमाडौं । नेकपा माओवादी केन्द्रले विद्युतीय सवारी साधनलाई प्रवर्धन गर्न विशेष सहुलियत र अनुदान प्रदान गरिने प्रतिबद्धता व्यक्त गरेको छ । । नेकपा माओवादी केन्द्रले आफ्नो घोषणपत्रमा पेट्रोलियम पर्दाथको मृल्य वृद्धि र वातावरणमा पेट्रोलियम सवारी साधनले पारेको असरलाई न्युनीकरण गर्नको लागि विद्युतीय सवारी साधनलाई प्रथामिकता दिने उल्लेख गरेको छ ।

प्रदेशका प्रमुख राजमार्ग र सहरहरूमा विद्युतीय चार्जिङ स्टेशनहरूको निर्माण गर्ने र काठमाडौं उपत्यकामा कम्तीमा ५०० वटा विद्युतीय बस सञ्चालन गर्ने व्यवस्था मिलाउने जनाएको छ । प्रदेश तथा पालिकाहरूबाट सबै प्रमुख सहरमा विद्युतीय यातायात सञ्चालनको व्यवस्था गर्नुका साथै सवारी चालकहरूको क्षमता अभिवृद्धि गरी यातायात क्षेत्रलाई सुरक्षित तुल्याउन प्रत्येक प्रदेशमा एक प्राविधिक शिक्षालय स्थापनामा जोड दिने जनाएको छ ।

बढ्दो सवारी दुर्घटना रोक्न र दुर्घटना पीडित नागरिकले शीघ्र न्याय पाउने व्यवस्थाका लागि दुर्घटना इजलास गठनका लागि पहल गर्ने जनाएको छ । त्यस्तै अनौपचारिक रूपमा सार्वजनिक यातायातको क्षेत्रमा काम गर्दै आएका टुटल, पठाओ, इनड्राइभ लगायतलाई औपचारिक दायरामा ल्याई नियमन र प्रोत्साहन गरिने माओवादीको घोषणपत्रमा उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !