८ पुस २०८२, मंगलबार

माओवादीको प्रतिबद्धतापत्र : पत्रकारले प्रयोग गर्ने बिजुली र टेलिफोनमा सहुलियत दिने

प्रकाशित मिति :  1 November, 2022 12:09 pm


काठमाडौं । नेकपा माओवादी केन्द्रले सञ्चार माध्यम र पत्रकारले प्रयोग गर्ने बिजुली र टेलिफोनमा सहुलियत दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

नेकपा माओवादी केन्द्रले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा श्रमजीवी पत्रकारका लागि सहुलियतपूर्ण ऋणको व्यवस्था गर्ने उल्लेख गरेको हाे । जेष्ठ पत्रकारहरूलाई सम्मान, कामका आधारमा पुरस्कार, खोजवृत्ति आदिका साथै पत्रकारितामा उत्प्रेरणा जगाउने र पेसाप्रति प्रतिबद्ध रहनसक्ने कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

त्यस्तै राज्यका सबै प्रकारका सूचना र विज्ञापनहरू सबै प्रकारका मिडिया (पत्रिका, रेडियो, टेलिभिजन र अनलाइन) ले पाउने गरी समानुपातिक ढङ्गले वितरण गर्नुका साथै यसका लागि कानुन संशोधन गरी व्यवहारिक बनाउने प्रतिवद्धतामा उल्लेख गरेको छ ।

श्रमजीवी पत्रकारका लागि निर्मित कानुनहरूको प्रभावकारी कार्यान्वयन गर्ने र मिडिया विकास कोषलाई थप प्रभावकारी बनाई पत्रकारहरूका लागि आवश्यक उपकरण खरिदमा दिइने अनुदानलाई ५० प्रतिशत बनाउने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !