एमालेको घोषणापत्र : शिलान्यास गरेको अस्पताल निर्माणको कार्य दुई वर्षभित्र सम्पन्र गर्ने
प्रकाशित मिति : 1 November, 2022 3:34 pm
काठमाडौं । नेकपा एमालले शिलान्यास गरेको पाँच, दश र पन्ध्र शौयाको ३९६ स्थानीय तहका आधारभूत अस्पताल निर्माणको कार्य दुई वर्षभित्र सम्पन्र गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले डिजिटल माध्यमबाट सार्वजनिक गरेको घोषणापत्रमा आफ्नो कार्यकालमा सुरु गरेको उक्त कार्यलाई निरन्तरता दिने उल्लेख गरिएको छ ।
जिल्ला अस्पताललाई २५ देखि ५० शौयको अस्पताल, तत्कालीन अञ्चल अस्पताललाई २०० शौयाको जनरल अस्पताल र केन्द्रीय अस्पताललाई ५०० शौयाको विशेषज्ञ अस्पतालमा स्तरोन्नतगर्ने कार्य सम्पन्न गर्ने जनाएको छ ।
त्यस्तै काठमाडौं उपत्यकामा ३०० शौया र सातै प्रदेशमा ५० शौयाको सरूवा रोग अस्पताल निर्माण सम्पन्न गर्ने र जटिल र घातक प्रकृतिका रोगहरूको उपचारका लागि अन्तर्राष्ट्रियस्तरको उपचार सेवा स्वदेशमै सुनिश्चित गर्ने घोषणपत्रमा उल्लेख गरिएको छ ।








