२० मंसिर २०८२, शनिबार

नेकपा एमालेको घोषणापत्र : विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवद्र्धन गर्ने

प्रकाशित मिति :  1 November, 2022 5:38 pm


काठमाडौं । नेकपा एमालेले विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवर्द्धन गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

एमालेले मंगलबार सार्वजनिक गरेको घोषणा पत्रमा सहरी क्षेत्रमा ठुला विद्युतीय सवारी साधन सञ्चालन गर्न प्रोत्साहन गर्ने जनाएको छ । मोटरबाटो लैजान नमिल्ने तथा सडक पुग्न कठिन बस्तीहरूमा स्तरीय पदमार्ग, केबुलकार र अन्य वैकल्पिक प्रबन्ध गर्ने उल्लेख गरेको छ ।

त्यस्तै सम्भावित सवारी दुर्घटना स्थल र बारम्बार सवारी दुर्घटना भइरहेका सडकहरू पहिचान गरी त्यस्ता सडकहरूको प्राथमिकताका साथ मर्मत सुधार गर्ने र आवधिकरूपमा सवारी चालकको स्वास्थ्य परीक्षण गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !