१० पुस २०८२, बिहिबार

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा ६ जना लिफ्टमा अड्किए, एक घण्टापछि उद्धार

प्रकाशित मिति :  1 November, 2022 4:41 pm


काठटमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा ६ जना लिफ्टमा अड्किएपछि उद्धार गरिएको छ ।

मंगलबार दिउँसो कामको शिलशिलामा मन्त्रालयमा आएका २ जना स्वीडेन नागरिक र ४ जना नेपाली लिफ्टमा अड्किएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ ।

लिफ्ट प्रयोग गर्ने क्रममा प्राविधिक कारणले बिचमै अड्किएको करिब एक घण्टापछि सबैजनाको सकुशल उद्धार गरिएको प्राधिकरणले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस !