अर्घाखाँचीमा मतदातालाई प्रभावित पार्न बाँड्न लागिएको पाइप बरामद
प्रकाशित मिति : 1 November, 2022 8:50 pm
अनिल नेपाली-
अर्घाखाँची । अर्घाखाँचीमा मतदातालाई प्रभावित पार्ने उद्देश्यले बाँड्न लागिएको भन्दै प्रहरीले पाइप बरामद गरेको छ ।
छत्रदेव गाउँपालिका वडा नं.६, ठूलापोखरामा मतदातालाई बाँड्न लागिएको पाइप प्रहरीले बरामद गरेको हो। पाइप बाँड्न लागेको थाहा पाएपछि प्रहरी त्यसतर्फ गएको थियो।
प्रहरी गएपछि मानिसहरू भागेका थिए। बरामद गरिएको पाइप मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएको छ ।
एमाले उम्मेदवारले पठाएको पाइप स्थानीय एमालेका कार्यकर्ताले मतदातालाई बाँड्न लगेको आरोप लागेको छ ।








