१९ मंसिर २०८२, शुक्रबार

चितुवाको आक्रमणबाट तनहुँमा आठ वर्षीय बालकको मृत्यु

प्रकाशित मिति :  2 November, 2022 9:09 am


प्रतिकात्मक तस्बिर

काठमाडौं । तनहुँमा चितुवाको आक्रमणबाट आज साँझ आठ वर्षीय बालकको मृत्यु भएको छ । व्यास नगरपालिका–१२ छिर्कन निवासी जगदीश कुँवरको छोरा अभिनम कुँवरको चितुवाको आक्रमणबाट मृत्यु भएको हो । घरदेखि तल रहेको गोठमा साँझपख हजुरआमाले भैँसी दुहिरहेकी र बालक गोठको ढोकामा बसिरहेको अवस्थामा चितुवाले तानेर लगेको प्रहरीले जनाएको छ ।

गोठदेखि करिब एक सय मिटर तल लगेपछि मानिसले हल्लीखल्ली गरेपछि चितुवाले बालकलाई छाडेर गएको डिभिजन वन कार्यालय तनहुँका सहायक वन अधिकृत रामकुमार श्रेष्ठले जानकारी दिए । प्रहरी र वनका कर्मचारी लगायतको टोली घटनास्थलमा पुगेर घटनास्थलको मुचुल्का उठाएर शव दमौली अस्पतालमा ल्याउने तयारी भइरहेको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

तनहुँमा चितुवाको आक्रमणबाट एक दर्जन बढी बालबालिकाको मृत्यु भइसकेको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस !