घोषणा पत्रप्रति भीम रावलको टिप्पणी : सोच्ने र जनतालाई सम्बोधन गर्ने तरिका नेपाली धरातलबाट टाढा
प्रकाशित मिति : 2 November, 2022 11:22 am
काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले राजनीतिक दलहरूको घोषणा पत्रप्रति टिप्पणी गर्दै सोच्ने र जनतालाई सम्बोधन गर्ने तरिका नेपाली धरातलबाट टाढा पुगेको टिप्पणी गरेका छन् ।
उनले घोषण पत्रमा अंग्रेजीको धेरै प्रयोग भएको टिप्पणी गर्दै भनेका छन्,“आफ्नो नाम नै अंग्रेजीकरण गर्ने केही शीर्ष नेताहरू नेपालको भविष्यबारे कति गम्भीर होलान् भन्ने प्रश्न २ वर्ष अघि उठाएको थिएँ।हाल केही दल र उम्मेदवारले घोषणापत्रमा भरमार अंग्रेजी प्रयोग गरेबाट तिनको सोच्ने र जनतालाई सम्वोधन गर्ने तरिका नेपाली धरातलबाट कति टाढा पुगेछ भन्ने देखिन्छ। ”
रावललाई नेकपा एमालेले टिकट नदिएपछि यसपटक चुनावी प्रतिस्पपर्धाबाट बाहिर छन् ।








