८ पुस २०८२, मंगलबार

बसबाट टाउको निकाल्दा रूखमा ठोक्किएर बालकको मृत्यु

प्रकाशित मिति :  3 November, 2022 2:38 pm


काठमाडौं । काठमाडौँमा स्कुल बसको झ्यालबाट टाउको निकाल्दा रूखमा ठोक्किएर एक बालकको मृत्यु भएको छ ।

नयाँ बसपार्क घर भएका १३ वर्षीय आयुष्मान दाहालले गुडिरहेको बसबाट टाउको बाहिर निकालेपछि सडक किनारमा रहेको रूखमा टाउको ठोक्किएकाे प्रहरीले जनाएको छ।

हिजो दिउँसो साढे ३ बजे बा १ क ४६४२ नम्बरको स्कुल बसमा सवार उनले टाउको बाहिर निकालेर यात्रा गरिरहेका थिए । उनको टाउको लाजिम्पाटस्थित सडक किनारमा रहेको रूखमा ठोक्किएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका दाहाललाई उपचारका लागि नजिकैको शिक्षण अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

बेस्ट इलिमेन्टरी मन्टेश्वरी स्कुलको बस स्कुल गेटबाट निस्कँदै गर्दा दुर्घटना भएको थियो । स्कुल छुट्टी भएपश्चात करिब साढे ३ बजे विद्यार्थीलाई घर पुर्याउने बेलामा घटना भएको प्रहरीले जनाएको छ । मृतक दाहाल कक्षा ५ मा अध्ययनरत थिए ।

बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



प्रतिक्रिया दिनुहोस !