८ पुस २०८२, मंगलबार

राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्र : विद्युतीय सवारीसाधनलाई प्रथामिकता दिने

प्रकाशित मिति :  3 November, 2022 5:13 pm


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं उपत्यकामा आधुनिक र भरपर्दो विद्युतीय बस प्रणाली सबै महानगर र उपमहानगरहरूमा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

बिहीबार सार्वजनिक पार्टीको वाचापत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले पेट्रोलियम पर्दाथको मूल्य वृद्धि र वातावरणमा पेट्रोलियम सवारी साधनले पारेको असरलाई न्युनीकरण गर्नको लागि विद्युतीय सवारी साधनलाई प्रथामिकता दिने उल्लेख गरेको छ ।

यात्रु,साइकल लेन तथा अपांगतामैत्री बाटोहरू बनाउने र सहरी तथा ग्रामीण क्षेत्रहरूका सडकहरूमा न्यूनतम गुणस्तर कायम गर्न बाध्यकारी प्रावधान राख्ने जनाएको छ । त्यस्तै सार्वजनिक यातायात प्रणालीमा गुणस्तर कायम गर्न सम्पूर्ण यातायात पद्धतिलाई नियमन गर्ने गरी अधिकारसम्पन्न राष्ट्रिय यातायात संस्थान स्थापना गरिने वाचापत्रमा उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !