विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य वली पक्राउ
प्रकाशित मिति : 3 November, 2022 8:19 pm
काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य शरद वलीलाई प्रहरीले पक्राउ गरेको छ ।
नेकपाका नवलपरासी र नवलपुर इन्चार्ज रहेका वलीलाई प्रहरीले आज पक्राउ गरेको हो । उनलाई नवलपुरको मध्यपुर नगरपालिकाको वसन्तपुरबाट पक्राउ गरेको नेकपाले जनाएको छ ।
नेकपाले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनाव बिथोल्ने निर्णय गरेको छ । चुनाव नजिकिदै गएका बेला नेकपाका नेता कार्यकर्तामाथि प्रहरीले धरपकड सुरु गरेको हो ।
सामना परिवारको जनजागरण अभियानमा प्रहरीले हस्तक्षेप गरेर वलीसहित जिल्ला सेक्रेटरी लगायतलाई पक्राउ गरिएको नेकपा नवलपुरले जनाएको छ ।








