ट्रेनको ठक्करबाट रोल्पाका टीकाराम घर्ती क्षेत्रीको क्रोसियामा निधन
काठमाडौं । रोल्पाको लुंग्री गाउँपालिका वडा नं ४ का टीकाराम घर्ती क्षेत्रीको ट्रेनले ठक्कर दिँदा मृत्यु भएको छ ।
रोजगारीका लागि क्रोसिया पुगेको २ महिनाभित्रै घर्तीको निधन भएको हो । घरमा देवाली खर्च पठाउनका लागि भन्दै कोठाबाट निस्किएका निज घर्तीलाई ट्रेनले ठक्कर दिएको थियो ।
भाइ श्याम जिसीका अनुसार कोठाबाट निस्केको केही समयभित्रै ट्रेनले उनलाई ठक्कर दिएको थियो । भाइ जिसीलेले भने,“ क्रोसिया पुगेको २ महिना मात्रै भएको थियो, देवालीका लागि खर्च पठाउन निस्कनुभएको रहेछ, एक दुई मिनेटमै ट्रेनले ठक्कर दिएको खबर आएको छ ।”
टीकारामका श्रीमतीसहित २ छोरी र एक छोरा रहेका छन् । उनी झण्डै साढे १० लाख रुपैयाँ खर्च गरेर क्रोसिया पुगेका थिए तर, २ महिनामै निधन भएपछि घर्तीका परिवारको विचल्ली भएको छ ।
भाइ जिसीले भनेका छन्,“ऋणको थुप्रो भएको, बिदेश जाँदा पनि लागानी धेरै लगाएर गएको हुँदा र परिवारको आर्थिक स्थिति नाजुक भएकाले देश बिदेश तथा स्वदेशमा रहनु भएका सम्पूर्ण सहयोगी मनहरूलाईथोरै आर्थिक सहयोग गरी पुण्यलाभ गरिदिनुहुन हार्दिक अपिल गर्दछु ।”
उनले सहयोग गर्न चाहनेका लागि ९८४९८३२४३३,९७४६५११२९९,९८४०८२५६६० नम्बर समेत उपलब्ध गराएका छन् । परिवारले घर्तीको शव नेपाल ल्याउन चाहेको भन्दै सहयोगको अपिल गरेको छ ।








