नेकपा माओवादी केन्द्र रोल्पाकाे इन्चार्जमा बुढा
प्रकाशित मिति : 4 November, 2022 1:15 pm
रोल्पा । नेकपा माओवादी केन्द्रले रोल्पामा नयाँ इन्चार्ज खटाएको छ ।
जिल्ला समन्वय समिति रोल्पाका निवर्तमान संयोजक राजबहादुर बुढालाई इन्चार्जको जिम्मेवारी दिएको हो ।
रोल्पा जिल्ला इन्चार्ज दिपेन्द्रकुमार पुन ‘सिजल’ले पार्टीबाट राजिनामा गरेर स्वतन्त्र उम्मेदवार दिएपछि माओवादी केन्द्रले बुढालाई नयाँ इन्चार्ज बनाएको हो ।
रोल्पामा सत्ता गठबन्धन अन्तर्गत संघमा वर्षमान पुन र प्रदेश सभा (क) मा माओवादी केन्द्रका जोखबहादुर महरा र प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका अमरसिंह पुन उम्मेदवार छन् तर सिजलले गठबन्धनको निर्णय विपरीत प्रदेश सभा (ख) मा उम्मेदवारी दिएका छन् ।
सिजलले पार्टीको सबै जिम्मेवारीबाट राजिनामा दिएर उम्मेदवारी दिएपछि माओवादी केन्द्रले नयाँ इन्चार्ज नियुक्त गरेको हो ।








