काठमाडौंको अनामनगरमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु
प्रकाशित मिति : 4 November, 2022 2:37 pm
काठमाडौं । काठमाडौंको अनामनगरमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।
सिंहदरबार पूर्वी ढोका अगाडि प्रदेश–३–०२–००८ प ३६१७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ३८ वर्षीया आस्था सुब्बाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
कात्तिक १५ गते दुर्घटनामा परेर घाइते भएकी सुब्बाको बागबजारस्थित मोडल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालक तनहुँ व्यास नगरपालिका घर भएका २४ वर्षीय मिलन रानालाई प्रहरीले पक्राउ गरेको छ ।








