११ पुस २०८२, शुक्रबार

तेह्रथुममा नेकपा एमालेका उम्मेदवार यसरी माग्दैछन् मत (फोटोसहित)

प्रकाशित मिति :  4 November, 2022 4:35 pm


तेह्रथुम । तेह्रथुममा नेकपा एमालेका उम्मेदवार भोट माग्न मतदाताका बिचमा गएका छन् ।

आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि मत माग्न मतदातामाझ पुगेका हुन् । नेकपा एमाले तेह्रथुमका अनुसार अहिले विभिन्न टोली बनाएर प्रतिनिधि सभा र प्रदेश सभाको टोली हिँडिरहेको छ ।

तेह्रथुमबाट प्रतिनिधि सभाका लागि बिजय सुब्बा उम्मेदवार छन् भने प्रदेश सभा (क) का लागि किशोरचन्द्र दुलाल तथा प्रदेश सभा (ख) मा तेजमान कन्दङ्वा रहेका छन् । चुनाव प्रचारका लागि प्रतिनिधि सभाका उम्मेदवार सुब्बाकाे नेतृत्वमा एउटा टाेली छ भने प्रदेश सभा उम्मेदवारहरू दुलाल र कन्दङ्वाकाे नेतृत्वमा छुट्टा छुट्टै टाेली बनाइएकाे छ ।

एमालेले टाेली बनाएर जिल्ला अभियान चलाइरहेकाे छ ।

फाेटाे : राजेन्द्र दुलाल



प्रतिक्रिया दिनुहोस !