सामना परिवारद्वारा नवलपरासी र नवलपुरमा जनजागण अभियान सम्पन्न
काठमाडौं । विप्लव नेतृत्व नेकपा निकट सामना परिवारले नवलपरासी र नवलपुरमा जनजागण अभियान सम्पन्न गरेको छ ।
सामना परिवारको टोलीले नवलपरासीको बर्दघाट र नवलपुरको मध्यविन्दु नगरपालिका बसन्तपुरमा जागरण अभियान सञ्चालन गरेको हो । वसन्तपुरमा भएको कार्यक्रममा प्रहरी हस्तक्षेप समेत गरेको थियो ।
प्रहरीले हस्ताक्षेप गरेर नवलपरासी/नवलपुर जिल्ला इन्चार्ज शरद वलीसहित केही नेता कार्यकर्तालाई पक्राउ गरेर केही समयपछि छोडेको थियो । समना परिवारको २० जनाको टोली नवलपरासी र नवलपुरपछि रुपन्देही गएको छ ।

इन्चार्ज ओलीले परिवारले देश भर अभियान सञ्चालन गर्ने निर्णय अनुसार सामना परिवारले नवलपरासी र नवलपुरमा कार्यक्रम गरेको जानकारी दिए ।
नेकपाले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव वहिष्कार गर्ने निर्णय गरेको छ । बहिष्कार अभियान अन्तर्गत सामना परिवारले देशभर सांस्कृति जनजागर अभियान सञ्चालन गरेको हो ।








