नेकपा एकीकृत समाजवादी रोल्पाका उपसचिव र विद्यार्थी संगठनका अध्यक्ष सहित १५ जना एमालेमा प्रवेश
प्रकाशित मिति : 5 November, 2022 7:31 pm
रोल्पा । रोल्पामा नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी रोल्पाका उपसचिव तथा विद्यार्थी संगठनका अध्यक्ष सहित १५ जना नेकपा एमालेका प्रवेश गरेका छन् ।
एमालेमा प्रवेश गर्नेमा नेकपा एकीकृत समाजवादीका जिल्ला कमिटी उपसचिव तथा अनेरास्ववियू केन्द्रीय स्थायी कमिटी सदस्य किरण बुढामगर, जिल्ला कमिटी सचिवालय सदस्य तथा अनेरास्वीयू लुम्बिनी प्रदेश कमिटी कोषाध्यक्ष तथा रोल्पा जिल्ला कमिटी अध्यक्ष प्रताप बुढा छन् ।
त्यस्तै जिल्ला कमिटी सचिवालय सदस्य तथा रोल्पा नगर कमिटी अध्यक्ष मनवीर बुढामगर, नगर कमिटी उपाध्यक्ष टिक बहादुर खड्का, अनेरास्वियू जिल्ला कमिटी उपाध्यक्ष पारस वली, उपसचिव दिपेश बुढामगर, ज्योती खड्का लगायत १५ जना नेकपा एमालेमा प्रवेश गरेका हुन् ।









