१२ पुस २०८२, शनिबार

काठमाडौँ महानगरपालिका वडा नं. १६ का अध्यक्ष मुकुन्द रिजाललाई रु.५ हजार जरिवाना

प्रकाशित मिति :  5 November, 2022 7:54 pm


काठमाडौं । काठमाडौँ महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष मुकुन्द रिजाललाई निर्वाचन आयोगले पाँच हजार रुपैयाँ जरिवाना गरेको छ ।

वडाअध्यक्ष रिजालले निर्वाचन आचारसंहिता विपरीत काठमाडौँ जिल्ला क्षेत्र नं. ६ मा नेपाली काँग्रेसको प्रचारप्रसारमा स्वयं संलग्न भएको पुष्टी भएको भन्दै आयोगले जरिवाना गर्ने निर्णय गरेको हो ।

रिजालले निर्वाचन प्रचारप्रसारमा संलग्न भई आफ्नो फेसबुक पेजमार्फत फोटो सार्वजनिक गरेको पाइएको आयोगले जनाएको छ ।
अध्यक्ष रिजालले निर्वाचन आचारसंहिता २०७९ को दफा ५ खण्ड (क)को प्रतिबन्धात्मक वाक्याशं (४) प्रतिकुल हुनेगरी निर्वाचन आचारसंहिता, २०७९को उल्लंघन गरेको कार्य पुष्टी भएको भन्दै निर्वाचन आयोग ऐन, २०७९ को दफा २३ को उपदफा (३) बमोजिम जरिवाना गरिएको आयोगले जनाएको छ । ।



प्रतिक्रिया दिनुहोस !