यस्तो रहनेछ आजको मौसम
प्रकाशित मिति : 6 November, 2022 7:50 am
काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो देशका पहाडी भू- भागहरूमा आंशिक बदली रही बाँकी भू- भागमा मौसम सामान्यतया सफा रहनेछ ।प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू- भागका एक\दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू- भागहरूमा आंशिक बदली रही बाँकी भू- भागमा मौसम सामान्यतया सफा रहनेछ ।प्रदेश १ का पहाडी भू-भागका एक\दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।








