उम्मेदवारी निस्क्रिय बनाउन सिजललाई माओवादी केन्द्र रोल्पाको आग्रह
राेल्पा । नेकपा (माओवादी केन्द्र) रोल्पाले बागी उम्मेदवारी दिएका दिपेन्द्रकुमार पुन ‘सिजल’ लाई कुनै समर्थन नरहेको प्रष्ट पारेको छ ।
सिजलले विज्ञप्ति जारी गर्दै आफ्नो उम्मेदवारी ‘व्यक्तिगत निर्णय नभएर पार्टी नेतृत्व वर्ग र आम पार्टीपंक्तिको सहमतिका आधामार मा स्वतन्त्र उम्मेदवारी दिएको’ उल्लेख गरेपछि नेकपा माओवादी केन्द्रले त्यसको खण्डन गरेको छ ।
सिजलले नेकपा माओवादी केन्द्रको सबै जिम्मेवारीबाट राजीनामा दिएर प्रदेश सभा (ख) मा गठबन्धनका आधिकारिक उम्मेदवार अमरसिंह पुनका विरुद्ध बागी उम्मेदवारी दिएका छन् ।
केही दिन मात्रै सिजलले विज्ञप्ति जारी गर्दै उम्मेदवारी आफ्नो व्यक्तिगत निर्णय नभएर पार्टी नेतृत्व वर्ग र आम पार्टीपंक्तिको सहमतिको आधारमा दर्ता भएको दाबी गरेका थिए ।
सिजलको दाबी खण्डन गर्दै नेकपा माओवादी केन्द्रका रोल्पा संयोजक गुणेन्द्र घर्तीमगर र सचिव पूर्ण केसीले भनेका छन्,“ हाम्रो पार्टीले संविधानको रक्षा, राजनैतिक स्थिरता र देशको समृद्धीका लागि गठबन्धनको नीति अख्तियार गरेको कुरा सर्वविदितै छ ।
पार्टीको यो नीतिलाई अबलम्बन गर्दै गठबन्धनका साझा उम्मेदवारहरूलाई मतदान गरि विजयी गराउनु हाम्रो कर्तब्य हो ।”
नेकपा माओवादी केन्द्र रोल्पाले सिजललाई स्वतन्त्र उम्मेदवारीलाई निस्क्रय बनाई पार्टीको नीतिलाई अबलम्बन गर्न समेत आग्रह गरेको छ ।









