१ माघ २०८२, बिहिबार

नेसनल प्याब्सनले आफ्नो २५औं स्थापना दिवस भव्यरूपमा मनाउने

प्रकाशित मिति :  6 November, 2022 2:24 pm


काठमाडौं । नेसनल प्याब्सनले आफ्नो २५औ स्थापना दिवस पौष २७ गते भव्य रूपमा मनाउने निर्णय गरेको छ ।

कार्तिक १८–१९ गते तनहुँको व्यासमा बसेको दोस्रो पूर्ण बैठकले बिद्यार्थी र विद्यालयहरूलाई समावेश गरी राष्ट्रिय स्थरमा नृत्य र वक्तृत्वकला कार्यक्रम गर्नुका साथै ‘नेसनल प्याब्सन इतिहास’ डकुमेन्ट्री प्रर्दशन गरेर स्थापना दिवस मनाउने निर्णय गरेको हो ।

बैठकले संगठनलाई चुस्त, दुरुस्त र चलायमान बनाउदै शैक्षिक, आर्थिक र सँगठनिक नीतिहरूलाई पारदर्शी बनाउने निर्णय समेत गरेको छ । पालिका, जिल्ला, प्रदेश र केन्द्रबीचको सम्बन्ध, कार्यनीति र नीतिलाई समानुकुल प्रगाढ बनाउने बैठकले निर्णय गरेको छ ।

बैठकमा अध्यक्ष पाण्डव हमाल ठकुरीले बालबालिकाहरू लाई केन्द्रबिन्दुमा राखेर शिक्षालाई उच्च प्राथमिकता दिँदै निजी विद्यालयहरूको संरक्षण, सम्बर्द्धन, समृद्धिका नयाँ योजनाहरू ल्याउने कुरामा पनि आफू अगाडि बढ्ने कुरामा ढुक्क हुन सबैलाई अनुरोध गरे ।

सरकारी नियम कानुनहरूमा निजी विद्यालयबारे समय सापेक्ष मैत्रीपूर्ण र सम्मानजनक बनाउन लागिपरेको उनको भनाई थियो ।

मंसिर ४ मा हुन गइरहेको आसन्न संघ र प्रदेशको निर्वाचनमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको आगामी कार्यक्रम र घोषणा पत्रलाई गम्भीर ढंगले हेरेको र मुलुकमा रहेको निजी शिक्षालयको सम्बन्धमा त्यति धेरै चासो नराखेको देखिएको अधयक्ष ठकुरीको भनाई थियो ।



प्रतिक्रिया दिनुहोस !