विप्लव नेतृत्वको नेकपासहित ३ दलद्वारा चुनाव बहिष्कार कार्यक्रमको घोषणा
काठमाडौं । विप्लव नेतृत्वको नेकपासहित ३ कम्युनिस्ट पार्टीले चुनावी खारेजीको संयुक्त कार्यक्रम घोषणा गरेका छन् ।
विप्लव नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेकपा र आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालले संसदीय व्यवस्थाको चुनाव नाटक मञ्चन मात्र भएको भन्दै देशभर आमसभासहितका कार्यक्रम घोषणा गरेका हुन् ।
कार्यक्रम अन्तर्गत कात्तिक २४ गते काठमाडौं, बुटवल र इटहरीमा २६ गते, बर्दिवास र पोखरामा २८ गते, सुर्खेत र धनगढीमा ३० गते राजनीतिक सभा हुने छ । त्यस्तै कात्तिक २६ देखि ३० गतेसम्म विरोध प्रर्दशन र कोण सभा गर्ने कार्यक्रममा उल्लेख छ ।
त्यस्तै देशव्यापी जिल्ला र स्थानीय स्तरमा आवश्यकतार आफ्नो सापेक्षतामा अन्य कार्यक्रम गरिने समेत तीन दलले उल्लेख गरेका छन् ।
त्यस्तै वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव विश्वभक्त दुलाल ‘आहुती’ले ४ मंसीरको निर्वाचन नाटक मात्र भएको बताए । पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै चुनावी नाटकलाई खारेज गरेरै छोड्ने बताए ।
राज्यले आफ्नो कालो कर्तुतलाई छोप्न र श्वास भर्नको लागि यस्ता चुनावहरुको नाटक गर्ने गरेको बताए । ३ क्रान्तिकारी कम्युनिस्ट पार्टीले सशक्त चुनाव खारेजीको कार्यक्रम पनि सार्वजानिक गरेका छन् ।










